×

नेपाल विश्वकप नजिक, आशिफ शेखले बनाए अर्धशतक

images

काठमाडौं। आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालका आसिफ शेखले अर्धसतक पूरा गरेका छन्। उनले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालले १५ ओभरमा २ विकेट गुमाएर १२० रन जोडेको छ। आसिफले ३९ बलमा अर्धसतक पुरा गरेका हुन्। प्रारम्भिक ब्याट्सम्यान आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २६ र दोस्रो विकेटका लागि गुल्सन झासँग ४१ रनको साझेदारी गरे।

तेस्रो विकेटका लागि उनले कप्तान रोहित पौडेलसँग २७ रनको साझेदारी गरिसकेका छन्। यो खेल जितेमा नेपाल विश्वकप पुग्ने छ। अहिले क्रिजमा कप्तान रोहित पाैडेल र आशिफ छन्।

रोहितले १५ बलमा १२२  रन जोडेका छन्।

शुक्रबार​ १७ कात्तिक २०८० ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया