×

मन्त्रीबाट राजीनामा दिन्न, आन्दोलनले दिएको जनादेश पूरा गर्न क्रियाशील छु- कुलमान घिसिङ

images

काठमाडौँ । कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा नदिने स्पष्ट गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै कुलमानले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील रहेको स्पष्ट गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा कुलमानले राजीनामा दिएर नयाँ दल गठन गर्ने समाचार प्रकाशित गरेका थिए ।

कुलमानले भनेका छन्:

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको  प्रष्ट पार्न चाहान्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।

 

सोमबार १८ कात्तिक २०८२ ०६:२० PM मा प्रकाशित

प्रतिक्रिया