×

मंगलबार पनि ओरालो लाग्यो नेप्से

images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १७.५६ अंकले घटेर एक हजार ९ सय ५८ दशमलब ७२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा समता घरेलु लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रो लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ७ प्रतिशतले बढेको छ ।  आज सामुदायिक लघुवित्त वित्तीय संस्था र सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम–२ का  लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड ५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

मङ्गलबार १६ असोज २०८० ०४:०५ PM मा प्रकाशित

प्रतिक्रिया