×

खेल पूर्वाधार उपयोग तथा संचालन कार्यविधि बनाउने कार्यदलले बुझायो प्रतिवेदन

images

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् मातहत रहेका खेल पूर्वाधार उपयोग तथा संचालनसम्बन्धि कार्यविधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ । 

बुधबार कार्यदलले सदस्य सचिब टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै सदस्य सचिव घिसिङले कार्यदले दिएको सुझाव अत्यान्त उपयोगी रहेका भन्दै परिषद्को बोर्ड बैठकले पास गरे पछि कार्यान्वयनमा आउने जानकारी दिए । 

खेलकुद पूर्वाधारहरूको संरक्षण र  प्रभावकारी उपयोग गर्ने सम्बन्धमा खेलाडीमैत्री,  सर्वसुलभ र व्यवस्थित ढङ्गले प्रयोगमा ल्याउने व्यवस्था गर्न सुझाब सहित प्रतिवेदन तयार गरिएको कार्यदल संयोजक राखेप कार्यकारी समित सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिए ।

बुधबार १८ भदौ २०८२ ०८:२४ PM मा प्रकाशित

प्रतिक्रिया