×

नक्कली शरणार्थी प्रकरण : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

images

काठमाडौं । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने काममा जोडिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरेको हो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।

राईमाथि तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ । 

प्रहरीले बुधबार पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए । यसअघि पक्राउ परेका केशव दुलाल र राईको बयानका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो। 

बुधबार २० बैशाख २०८० ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया