×

निगम र ट्याङ्कर चालकबीच सहमति, थानकोट डिपोबाट पेट्रोल/डिजल उठाउन सुरु

images

काठमाण्डाै ।  नेपाल आयल निगम र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकको वार्ता सफल भएको छ । आयल निगमको डिपो थानकोटमा भएको वार्ता सहमतिमा टुङ्गिएकाले डिपोबाट तेल उठाउन सुरु भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । 

निगम र पेट्रोलियम व्यवसायीबीच हिजो शनिवार राति सहमति भए पनि आज आइतवार चालकहरूले विभिन्न माग राख्दै तेल लोड/अनलोड गर्न नमानेपछि पम्पहरूमा तेल पुगेको थिएन । ट्याङ्कर चालकहरूले केही सेवा, सुविधा माग गरेका र बिस्तारै पूरा गर्ने सहमति भएको उपाध्यायको भनाइ छ ।  

अहिले पनि काठमाण्डौका केही पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ । पेट्रोलियम पदार्थको अभाव हुने हो कि भन्ने डरले बिहानैदेखि पेट्रोल पम्पमा उपभोक्ता लाइन बस्न पुगेका हुन् । तर नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको अभाव नभएकाले लाइनमा नबस्न आग्रह गरेको छ । 

आइतबार​ २० चैत २०७८ ०३:५४ PM मा प्रकाशित

प्रतिक्रिया