×

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

images


काठमाडौं  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बैंकका अनुसार आज युरो १ को खरिद दर १३८ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १४० रुपैयाँ ६१ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १८ पैसा छ । 

यस्तै अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १५८ रुपैयाँ ४५ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ६९ पैसा छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

शुक्रबार​ १९ फागुन २०७९ १०:५२ AM मा प्रकाशित

प्रतिक्रिया