×

पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

images

काठमाडौं । काठमाडौँ महानगरपालिकाले, पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ।
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले जानकारी दिए । 

उनलेले भने ‘ पशुपति क्षेत्र विकास कोषकै पहल १७ गते पत्राचार गरेर औपचारिक सौन्दर्यीकरण र  अतिक्रमण गरिएका संरचना हटाउन  हटाउने कामकै निरन्तरता स्वरुप यो काम भएको हो ।’ त्यसमा महानगर र वडा कार्यालयले पनि आ आफ्नै ढंगबाट यसमा काम भइरहेको उनको भनाई छ । 

बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैध रुपमा निर्माण भएका संरचना, सम्झौता विपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो। सोहीअनुसार महानगरले हिजो बिहिबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो। 
 

शुक्रबार​ १९ फागुन २०७९ ०१:२८ PM मा प्रकाशित

प्रतिक्रिया