कर्णाली, २० फागुनः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलोपटक हुन लागेको महिला सम्मेलनको उद्घाटनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउनुभएको छ । एक सय १४औँ श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरको सिटी हलमा आयोजना हुने महिला सम्मेलन उद्घाटनका लागि पूर्वराष्ट्रपति भण्डारी आज सुर्खेत आउनुभएको हो ।
सम्मेलनमा कर्णाली प्रदेशका ७९ स्थानीय तहका प्रमुख÷उपप्रमुख, महिला नेत्री, आमा समूह तथा वडा समितिका अगुवा महिला सहभागी हुने आयोजक वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राससलाई जानकारी दिनुभयो । नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेका महिला जनप्रतिनिधिले अनुभव आदनप्रदान गर्ने नगरप्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा प्रदेश सरकार, प्रदेशसभा सदस्य, अन्य राजनीतिक दलका महिला नेत्रीहरुलाई सहभागी गराइनेछ ।
प्रतिक्रिया