आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपालले ४ विकेट लिएको छ। दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा पीएनजीले टस जितेर ब्याटिङ गरेको पीएनजीले २२ ओभरको समाप्तीमा ४ विकेट बनाएर ८७ रन बनाएर खेलिरहेको छ।
नेपालका लागि सन्दीप लामिछानेले एक विकेट लिए। ओपनर टोनी उरा र किपलिन डोरिगाले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे। सन्दीपले ११ औँ ओभरको तेस्रो बलमा किपलिनलाई एलबीडब्लु धरापमा पार्दै उनीहरुको साझेदारी तोडेका हुन्।
नेपालले लगातार दुई ओभरमा विकेट लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले २२ औं ओभरको पाँचौं बलमा तेस्रो विकेट लिँदा २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले विकेट लिए ।
सोमपालले २२ औं ओभरको पाँचौं बलमा टोनी उरालाई ३९ रनमा कट एण्ड बोल्ड आउट गराएका हुन् । त्यस्तै २३ औं ओभरको अन्तिम बलमा कुशलले असाड भालालाई ११ रनमा एलबीडब्लू आउट गराए ।
नेपालले पछिल्लो समय दबाब बढाउँदै लाँदा पीएनजीको टप अर्डर धर्मराएको छ। ताजा अवस्थामा पीएनजीले २३ ओभर खेल्दै ४ विकेटको क्षतिमा ९१ रन बनाएको छ।
प्रतिक्रिया