×

सिमित व्यक्तिमा मात्रै मिडिया केन्द्रीत भयो -- सभामुख घिमिरे

images


काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको मिडिया बिषयबस्तुमा नभई सिमित व्यक्तिको पछि लागेर कुदिरहेको दाबी गरेका छन् ।  

प्रेस काउन्सिल नेपालले गरेको ‘मिडियामा महिलाको सवाल’ नामक कार्यक्रममा सभामुख घिमिरेले राजनीतिक दलका सिमित नेता बोल्ने ठाँउमा मिडियाको भीड लाग्ने गरेको तर, महिलाको सवालमा मिडियाको उपस्थिति नै नभएको बताए । 

उनले भने,‘संसदभित्र महिलाको सहभागीता उल्लेख्य छ । सक्षमता छ । सक्रिएता पनि छ । तर, त्यसअनुसार मिडियाले बाहिर प्रचार गरिरहेको स्थिती छैन् । मिडियाको आकर्षण खासखास नेताहरु छ । जब उनीहरु बोल्ने समय आउँछ । मिडियाको उपस्थिती तँछाडमछाड हुन्छ । महिलाका गम्भिर बिषयमा पनि मिडिया देखेको नदेखै झै गर्छन् ।’

उनले संसदभित्र महिलाको सहभागीता उल्लेख्य भएता पनि मिडियाले प्रचारप्रसारमा ध्यान नदिएको बताए । विषयवस्तुले पार्ने प्रभाव बारे संवेदनशिल भएर मिडियाले समाचार संप्रेषण गर्न आवश्यक रहेको उनको कार्यक्रममा भने । 
 

शुक्रबार​ १९ फागुन २०७९ ०३:२२ PM मा प्रकाशित

प्रतिक्रिया