×

शिक्षामा सुधार गरेर समृद्धिको जग बसाल्ने प्रधानमन्त्रीको प्रतिवद्धता 

images

काठमाठौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने बताएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शिक्षा क्षेत्रको सुधारका लागि सरकारले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।  “शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ ।”

उनले भने । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पर्ने भन्दै उनले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको बताए ।  कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गलगायतले सम्बोधन गर्नुभएको थियो । 
 

शुक्रबार​ २० माघ २०७९ ०३:३० PM मा प्रकाशित

प्रतिक्रिया