×

जापान अगाडि बढ्दा जर्मनी बाहिरियो

images

दोहा । जापानले विश्वकप २०२२ को नकआउट चरणमा बिहीबार ऐतिहासिक यात्रा तय गरेको छ ।

यसका लागि उसले पूर्व विजेता स्पेनलाई समूह ‘ई’ को खेलमा २–१ ले हरायो । यही नतिजाका कारण अर्को पूर्व विजेता जर्मनी भने प्रतियोगिताबाट बाहिरियो । जर्मनीले अर्को खेलमा कोस्टारिकालाई ४–२ ले हराए पनि त्यो पर्याप्त रहेन् ।
जापान छ अंक सहित समूह विजेता बन्यो भने स्पेन दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्यो ।

अब जापानले प्रि–क्वाटरपाmइनलमा क्रोएसियाको सामना गर्नेछ भने स्पेनले मोरक्कोविरुद्ध खेल्नेछ । मोरक्कोले यसअघि भएको खेलमा क्यानाडालाई २–१ ले हराएको थियो भने क्रोएसिया र बेल्जियमले गोल रहित बराबरी खेले ।

यो नतिजासँगै अर्को बलियो टिम बेल्जियम पनि प्रतियोगिताबाट बाहिरिएको छ । मोरक्को सात अंकमा समूहको विजेता रह्यो भने क्रोएसिया पाँच अंकमा दोस्रो स्थानमा रह्यो । जापानले स्पेनमाथि रचेको ऐतिहासिक जितमा आओ ताकाताले निर्णायक गोल गरे । स्पेनले अल्भारो मोराटाको गोलले अग्रता लिएको थियो । तर रित्सु डोनले जापानका लागि बराबरी गोल फर्काए । 
 

शुक्रबार​ १६ मंसिर २०७९ १०:१२ AM मा प्रकाशित

प्रतिक्रिया