×

स्थानीय तह उपचुनाव नतिजा- कांग्रेस गुमाउदै, एमाले र माओवादी सिट बढाउँदै

images

काठमाडौं । स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ७ स्थान मात्र बाँकी छ ।

images

नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी

काठमाडौं। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) की देवका लामिछाने विजयी भएकी छन्।।  निर्वाचन आयोगका अनुसार नगल...

अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १७ स्थानमा जितेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदुरपश्चिमा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भनेपनि कांग्रेसको सिट संख्या २४ मात्र हुन्छ।  

images

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका नमोनारायण माझी विजयी

काठमाडौं । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित...

यो भनेको कांग्रेसले ०७९ मा जितेको सिट संख्या गुमाइसकेको छ । उपचुनाव भएका ४४ मध्ये कांग्रेसले जितेको २७ स्थानमा रिक्त भएको थियो । नेकपा एमाले र नेकपा माओवादीले केही सिट थपिसकेको छ । उपचुनाव भएका क्षेत्रहरुमा यसअघि माओवादीले जितेको ८ र एमालेले जितेको ७ स्थान रिक्त भएको थियो । हालसम्मको परिणाममा एमालेले ८ पदमा जित निकालिसकेको छ भने माओवादीले सात स्थानमा जित निकालिसकेको छ । 

images

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित

काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार...

नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको छ। सोमबार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार काङ्ग्रेसका उम्मेदवार बलराम सरदार थारुलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले विजय हासिल गरेका हुन्।

माओवादी उम्मेदवार माझीले ६ हजार ९६९ मत ल्याए भने नेपाली कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत प्राप्त गरे । यस्तै एमालेले पनि विगतमा चुनाव नजितेको क्षेत्रमा चुनाव जितेको छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भए । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।

एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए । यस्तै जाजरकोटको नलगाडको उपमेयरमा पनि माओवादीले जितेको छ । ४२७२ मत ल्याएर माओवादीकी देवका लामिछाने विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंह ३१४७ मत ल्याएर दोस्रो भइन । एमालेकी सुनिता बोहरा २५४२ मत ल्याउँदै तेस्रो भइन ।

यो पालिकामा २०७९ सालमा माओवादी र कांग्रेसका बीचमा गठबन्धन थियो । गठबन्धनबाट मेयरमा माओवादीका डम्मरबहादुर रावत र उपमेयरमा कांग्रेसकी सरिता सिंह विजयी भएका थिए । २०८० कात्तिक १७ गते भूकम्पमा परी सिंहको मृत्यु भएपछि रिक्त पदमा भएको उपचुनावको परिणाम माओवादीले आफ्नो पक्षमा पारेको हो ।

सोमबार १७ मंसिर २०८१ ११:५० AM मा प्रकाशित

प्रतिक्रिया