×

दुई साहित्यकारहरू मञ्जु काँचुली र विजय चालिसेलाई लघुकथा समाज नेपालद्वारा सम्मानित

images

काठमाडौं । दुई साहित्यकारहरू मञ्जु काँचुली र विजय चालिसेलाई सम्मानित गरेको छ । शनिबार काठमाडौंमा लघुकथा समाज , नेपालद्वारा  आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले ‘बाटुली खिलध्वज लघुकथा सम्मान—२०८०’ र ‘सावित्री केशर कथा सम्मान—२०८०’ कथाकार चालिसेलाई समर्पण गरे ।

 उक्त सम्मानका साथ सर्जकहरूलाई जनही २१ हजार १ रुपैयाँ नगद राशि प्रदान गरियो ।

स्रस्टाहरूलाई सम्मानित गर्दै प्रमुख अतिथि घिमिरेले नेपाली साहित्यमा लघुकथा लेखनबारे चर्चा गर्दै भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठहरूले २००० सालअघि नै लघुकथा लेखेको इतिहास उल्लेख गरे । 

समाजका संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लघुकथा लेखनको उन्नयनमा समाजले गरेको क्रियाकलापको चर्चा गर सो अवसरमा सम्मानका

संस्थापकहरूका तर्फबाट हरि थापा, सम्मानित व्यक्तित्वहरू मञ्जु काँचुली, विजय चालिसे,लघुकथा समाजका  सुमन सौरभ, श्रीबाबु कार्की, तुलसीहरि कोइराला, तारा केसीले पुरुस्कारका बारेमा प्रस्त पारेका  थिए ।


 
 

शनिबार १६ मंसिर २०८० ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया