२ सय ६ जना कोरोना सङ्क्रमित थपिए

    images

    पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । थप तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार पाँच जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    यही अवधिमा दुई हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा दुई सय ६ जना सङ्क्रमित थपिएका छन् भने तीन सय ९८ जना निको भएका छन् । अब नेपालमा दुई हजार आठ सय ९१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

    २४ घण्टामा ९८ हजार चार सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

      शुक्रबार​ १७ भदौ २०७९ ०५:२७ PM मा प्रकाशित

      प्रतिक्रिया