×

तनहुँका पालिकामा पोषण प्याकेज

images

तनहुँका १० पालिकामा रहेका लक्षित वर्गका व्यक्तिलाई प्रदान गर्नका लागि सम्बन्धित पालिकामा पोषण तथा सरसफाइ प्याकेजका सामग्री पठाइएको छ ।

स्वास्थ्य कार्यालय तनहुँले जिल्लामा रहेका एक हजार चार सय १३ जनालाई पोषण तथा सरसफाइ प्याकेज वितरण गर्न सम्बन्धित पालिकालाई हस्तान्तरण गरेको हो ।

जिल्लामा ‘क’ वर्गका अपाङ्गगता ८१७ र दलित तथा अपाङ्गगता भएका गर्भवती र सुत्केरी ५९६ जनालाई उक्त प्याकेज वितरणका लागि सबै पालिकामा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको आव २०७८÷०७९ मा सञ्चालन हुने अस्पताल सुदृढीकरण तथा पोषण अनुदान कार्यक्रमअन्तर्गत जिल्लामा आएको सामग्री पालिकाहरुमा पठाइएको उहाँले बताउनुभयो ।

स्थानीय तहमा रहेका दलित, अपाङ्गगता भएका, गर्भवती तथा सुत्केरी महिला र ‘क’ वर्गका पूर्ण अपाङ्गगता भएका व्यक्तिका लागि प्रदान गर्न आएको सामान पालिकामा पठाइसकिएको उहाँले बताउनुभयो ।

स्थानीय तहबाट सिफारिस भइआएका विवरणका आधारमा स्वास्थ्य कार्यालय तनहुँले प्रदेश सरकारसमक्ष माग गरेपछि आएको सामान सम्बन्धित पालिकामा पठाइएको उहाँले बताउनुभयो ।

उक्त कार्यक्रमअन्तर्गत दलित तथा अपाङ्गगता भएका गर्भवती र तथा सुत्केरी महिलाहरुका लागि हातधुने साबुन, दाँत माझ्ने ब्रस, टुथपेष्ट, मिश्रित गेडागुडी पौने तीन किलोग्राम र घीउ आधा किलोका दरले वितरण गरिनेछ ।त्यसैगरी, ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिका लागि हात धुने साबुन, दाँत माझ्ने ब्रस, टुथपेष्ट, मिश्रित गेडागुडी करिब एक किलोग्राम र हात पुछ्ने रुमाल एक थान प्रदान गरिनेछ ।

मङ्गलबार १७ साउन २०७९ ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया