×

नागरिकता विधेयक प्रमाणीकरण संविधानको ठाडो उल्लङ्घन- एमाले

images

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठकले नागरिकता विधेयक प्रमाणीकरणमा सरकारले संविधानको ठाडो उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ ।

आज (शुक्रबार) पार्टी कार्यालय च्यासलमा बसेको बैठकको निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले संविधान र संसद्को विशेषाधिकारमासमेत हस्तक्षप गरेको बताएका हुन् ।

‘हाम्रो पार्टी विधेयक प्रमाणीकरणका क्रममा गरिएको संविधानको ठाडो उल्लङ्घन र संसद्को विशेष अधिकार हननको सशक्त विरोध गर्दछ ।

कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्तिबाट बञ्चित नहुन र कुनै पनि गैर नागरिकले नागरिकता प्राप्त गर्ने स्थिति नबनोस् भन्ने हाम्रो पार्टी स्पष्ट छ,’– उपमहासचिव ज्ञावलीले बैठकको निर्णय सुनाउँदै भने ।

सरकारको यस कदमले नागरिकता सम्बन्धि समस्याको दीगो समाधान नहुनेसमेत उनले दाबी गरे । प्रधानमन्त्रीको भारत भ्रमणको पूर्व सन्ध्यामा गरिएको नागरिकता विधेयक प्रमाणीकरणले संशय उत्पन्न गराएको समेत एमालेको सचिवालय बैठकको निष्कर्ष छ ।

शुक्रबार​ १९ जेठ २०८० ०८:१७ PM मा प्रकाशित

प्रतिक्रिया