×

प्रधानमन्त्री प्रचण्डले महाकालको १०८ किलो रूद्राक्षले पूजा गर्ने

images

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज मध्य प्रदेशस्थित उज्जैनको महाकाल मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ ।

अहिले विहान ११ बजे उज्जैन पुग्ने तयारीमा रहेको प्रचण्डले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् ।

काठमाडौँबा भ्रमणमा जाँदा विशिष्ट प्रकारको १०८ किलो रूद्राक्षले साथ मै लगिएको छ ।

प्रधानमन्त्री प्रचण्डले महाकाल मन्दिर दर्शन तथा पूजा गर्दा ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाईएको छ ।

अहिले बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

मध्य प्रदेश स्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार​ १९ जेठ २०८० ०६:५२ AM मा प्रकाशित

प्रतिक्रिया