काठमाडौं । नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा एसिया कपमा छनोट भएको छ । । एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।
यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे । एसीसी मेन्स प्रिमियर लिगको फाइनलमा युएइलाई ७ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको विजेता बनेको हो । फाइनलमा युएइले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि गुलशन झाले ६७ र भिम सार्कीले ३६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा स्कोर गर्न सकेनन् । युएइका लागि रोहन मुस्तफाले २ र अयान अफजल खानले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएइले वर्षाले प्रभावित भएर २ दिन लम्बिएको इनिङमा ३३.१ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियो । युएइका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए ।
प्रतिक्रिया