×

एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित

images

काठमाडौं । नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । प्रतिनिधि सभाका सभमुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेका हुन् । कोइरी महोतरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

उनीमाथि सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको आरोप छ । उच्च अदालत जनकपुरले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँग उनी फरार रहेका थिए ।

प्रतिनिधि सभा नियमावलीको नियम २४८ (३) बमोजिम संसद् सचिवालयले संसद् नचलेको अवस्थामा सूचना टाँस गरेर उनको निलम्बन बारे जानकारी गराएको हो ।

मङ्गलबार १९ बैशाख २०८० ०९:०८ PM मा प्रकाशित

प्रतिक्रिया