×

सेयर बजारमा दोहोरो अंकको गिरावट

images

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार, १० अंक घटेर बन्द भएको नेप्से, यस दिन २० अंक घटेर १८८८.५५ विन्दुमा झरेको छ। व्यापार उपसूचक सर्वाधिक २.५८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.६३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक १.०८ प्रतिशतले गिरावट भएको हो ।

गत सातको अन्तिम दुई कारोबार दिन लगातार १ अर्बबाट तल झरेको कारोबार रकम आइतबार भने बढेको छ । गत बुधबार ८२ करोड र बिहीबार करिब ९० करोडको कारोबार भएको बजारमा आइतबार १ अर्ब २० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । ३२ हजार ४१४ वटा कारोबारमा ३७ लाख ८७ हजार २४१ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको सेयर कारोबार भएको हो ।

आइतबार नेप्सेमा कारोबार भएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ५ करोड ६ लाखको सेयर कारोबार हुँदा शिवम् समेन्टको ४ करोड ५१ लाख र रिडी पावर कम्पनीको ३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार सेयर बजारमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा १८९कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । आइबार कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा जीवन विकास लघुवित्तको सेयरमूल्य ४.८७ प्रतिशत र स्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य २.५० प्रतिशतले वृद्धि भएको छ ।

स्वाभीमान लघुवित्तको सेयरमूल्य ९.६१ प्रतिशतले गिरावट हुँदा कालिका लघुवित्तको सेयरमूल्य ७.४९ प्रतिशत र विजय लघुवित्तको सेयरमूल्य ६.६९ प्रतिशतले गिरावट भएको छ ।

आइतबार​ १९ चैत २०७९ ०३:३८ PM मा प्रकाशित

प्रतिक्रिया