×

नेपाली कांग्रेस सम्पादन समितिको निर्णय- बारा २ मा जसपालाई समर्थन गर्ने, गोविन्दराज जोशी र विकास कोइरालाको कारबाही फुकुवा

images

काठमाडौं । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पपादन समितिको आइतबार बसेको बैठकले यस्तो सघाउने निर्णय गरेको हो।

कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन् । लोसपाबाट राजेन्द्र महतो र जनमतबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने छ । 

बैठकले बारा, चितवन र तनहुँमा ०७९ को निर्वाचनमा भन्दा पहिला स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेको नेताहरुमाथि गरियको  कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । ‘०७९ को निर्वाचनको हकमा उपचुनावमा खेल्ने भूमिकालाई हेरेर निर्णय गर्ने भन्ने भएको छ,’ सहमहामन्त्री बन्द्री पाण्डेले भने ।

नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ। २०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए।

उनले बागी उम्मेदवारी दिए पछि कांग्रेसले जिल्ला कार्यसमिति तनहुँको सिफारिसमा २०५७ पुस २४ गते कारबाही गरेको थियो।  त्यसबेला जोशीकै बागीका कारण मत काटिँदा पौडेल नेकपा एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए। 

उनले बागी उम्मेदवारी दिएपछि कांग्रेसले जिल्ला कार्यसमिति तनहुँको सिफारिसमा २०५७ पुस २४ गते कारबाही गरेको थियो। यस्तै तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर ४ मा दोस्रो संविधानसभा चुनावमा विरुद्ध विकासले बागी उम्मेदवारी दिएका थिए।

सभापतिविरुद्ध बागी बनेपछि कांग्रेसले २०७० कात्तिक २ गते क्रियाशील सदस्यता खारेज गर्दै उनलाई कारबाही गरेको थियो।  १२ औं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए। २०६७–०६९ सम्म चितवन कांग्रेसको नेतृत्वमा थिए। 


 

आइतबार​ १९ चैत २०७९ १२:५६ PM मा प्रकाशित

प्रतिक्रिया