×

मीटरव्याजपीडितमाथि धोका भयो- एमाले सांसद गैरे

images

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरव्याजीपीडितलाई सरकारले धोका दिएको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा गैरेले सरकारले फेरि मटरव्याज पीडितलाई  धोका दिएको आरोप लगाएका हुन् ।

एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरूलाई धोका भएको उनको तर्क छ । उनले भने, ‘सरकारले मिटरव्याजी पीडितलाई फेरि धोका दियो । एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरूलाई अझै धोका दिने काम भएको छ । ’

पीडितका नाममा अनेक व्यक्ति र समूहबाट चलखेल भएको उनको आरोप छ । सांसद गैरेले शून्य समय र विशेष समयमा आएका सवालहरूबारे सरकार जवाफदेही नभएको भन्दै आपत्ति समेत जनाएका छन् । 
 

आइतबार​ १९ चैत २०७९ ०२:१३ PM मा प्रकाशित

प्रतिक्रिया