×

तामाङ समाज, युएईले सोनाम ल्होछार सांस्कृतिक साँझ- २०२४ मनाउने

images

फलेन्द्र मगर / युएई 
डिसेम्बर-२ मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार २०२४  डुक/ मुला पुख्री ल्हो सर्प वर्षको उपलक्ष्यमा । तामाङ समाज, युएईले वर्षेनी मनाउदै आइरहेको सोनाम ल्होछार पर्व यस वर्ष पनि बृहत रूपमा जनवरी- १० आबुधावी र ११ तारीख दुबईमा गर्ने भएको हो ।

" तामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचान " भन्ने मुल मन्त्र लाई मनन गर्दै तामाङ कला ,संस्कार संस्कृति ,भेष भुषा र भाषा लाई सम्बर्द्धन र प्रबर्द्धन  गर्दै लैजाने साथै शैक्षिक क्षेत्रमा पनि अतुलनीय योगदान गर्दै जाने उदेश्य का साथ सन- २००५ मा युएईमा स्थापित गौरवमय संस्थाको रूपमा पनि परिचीत संस्था हो । 

तामाङ भाषामा ल्हो को अर्थ नयाँ हो भने छार को अर्थ हो वर्ष । अर्थात नयाँ वर्ष । विभिन्न देशहरु वा समुदायहरुले आआफ्नो नयाँ वर्ष लाई विशेष र धुमधाम सँग ले मनाउने विश्वव्यापीकरण सँगसँगै तामाङ समुदायले पनि आफ्नो नयाँ वर्ष " सोनाम ल्होछार " लाई विविध कार्यक्रम गरि मनाउने गर्दछ । यसै सिलसिलामा कार्यक्रमलाई मनोरञ्जनात्मक र संगीतमय बनाउन का लागी नेपाल बाट अतिथि कलाकार को रूपमा तामाङ कलाकार संघका अध्यक्ष समेत रहेका कर्णप्रीय स्वर र जादुमय संगीतका सर्जक गायक तथा संगीतकार विशाल काल्तान तामाङ र चर्चित म्हेन्दोमाया गायीका बिना घले ले कार्यक्रमलाई थप संगीतमय बनाउन युएई आउने भएको जानकारी कार्यक्रम संयोजक बीर बहादुर लामा ले जानकारी दिए । साथै युएईमा रोजगारी को सिलसिलामा रहेका स्थानीय तामाङ कलाकारहरूले पनि आआफ्नो कला र गीत संगीत प्रस्तुत गर्ने भएको छ ।

सोनाम ल्होछार कार्यक्रम ले तामाङ समुदाय र गैर तामाङ समुदायको बीचमा आपसी सद्भाव र भाइचारा को सम्बन्ध लाई प्रगाढ बनाउन शुभकामना आदानप्रदान  साथै गीत संगीतका मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन का लागी आव्हान गर्दै प्रवासको विदा र दुरीको मध्य नजर गर्दै दुई चरणमा कार्यक्रम गरिन लागेको जानकारी अध्यक्ष डिल्लीराम तामाङले बताए । प्रत्येक शुक्रबार बिदा हुँदै आएको युएईमा हाल: शनिबार आबुधाबि र आइतबार दुबईमा हप्ताको विदा हुने गर्दछ ।

मङ्गलबार १७ पुस २०८० ०५:२६ PM मा प्रकाशित

प्रतिक्रिया