×

अन्तत: मेसी र अर्जेन्टिना नकआउट चरणमा

images

दोहा । विभिन्न खाले डर र अडकलबाजीबीच अन्तत: अर्जेन्टिनाले विश्वकप २०२२ को नकआउट चरण यात्रा तय गरेको छ । विश्व फुटबलकै सबैभन्दा उत्कृष्ट खेलाडी लियोनल मेसीको अनुपस्थितिको डर कम्तीमा अब अन्तिम १६ सम्म रहने छैन् । अर्जेन्टिनाले समूह ‘सी’ समेत जित्न सफल रह्यो ।

यसका लागि अर्जेन्टिनाले पोल्यान्डलाई २–० ले हराएको हो । त्यसमा एलेक्स म्याक एलिस्टर र जुलियन एलाभेरेजले गोल गरे । अर्जेन्टिना छ अंकसहित शीर्षमा रह्यो । हारका बावजुत पोल्यान्ड पनि नकआउट चरण पुग्यो । उसको चार अंक छ । मेक्सिकोले अर्को खेलमा साउदी अरेबियालाई २–१ ले हराए पनि त्यो अर्को चरण पुग्न पर्याप्त रहेन् ।

अब अर्जेन्टिनाले अन्तिम १६ मा अस्ट्ेरलियाको सामना गर्नेछ । विश्वकपको डिफेन्डिङ च्याम्पियन फ्रान्सले भने पोल्यान्डको सामना गर्नेछ । समूह ‘डी’ का खेलमा अस्ट्ेरलियाले डेनमार्कलाई १–० ले हराएको थियो भने ट्युनिसियाले फ्रान्सलाई १–० ले पराजित गरेको थियो । फ्रान्स र अस्ट्ेरलिया दुवै समान छ अंकमा रहे । 

बिहीबार १५ मंसिर २०७९ ०७:४९ AM मा प्रकाशित

प्रतिक्रिया