×

भ्रामक टिप्पणी नगर्न माओवादीको अनुरोध

images

काठमाडौँ, १५ कात्तिक: नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टी महासचिव देवप्रसाद गुरुङले आज प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट गर्नुभएको छ । विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।

बुधबार १५ कात्तिक २०८० ०८:०२ PM मा प्रकाशित

प्रतिक्रिया