काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा आफ्नो शान्ति योजनाको जवाफ दिन हमाससँग तीन देखि चार दिनको समय रहेको बताएका छन् ।
ट्रम्पले हमासले यो सम्झौता अस्वीकार गरेमा धेरै दुखद अन्त्य हुने चेतावनी दिएका छन् । साथै उनले यो सफल भएमा भने अद्भुत हुने टिप्पणी गरेका छन् ।
त्यस्तै कतारी विदेश मन्त्रालयले हमासले प्रस्तावको 'जिम्मेवारीपूर्वक' अध्ययन गरिरहेको बताएको छ । बीबीसीका अनुसार हमासले प्रतिक्रिया दिन धेरै दिन लाग्न सक्ने उल्लेख गरेको छ ।
ट्रम्पको योजनामा युद्धविराम, बन्धकहरूको फिर्ती र गाजा व्यवस्थापन गर्न मद्दत गर्न अन्तर्राष्ट्रिय 'शान्ति बोर्ड' को स्थापना गर्ने लगायतका कुराहरु समावेश छन् ।
योजनामा केही सर्तहरू पूरा भएमा 'प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने विश्वसनीय मार्ग' पनि समावेश रहेको छ । यद्यपि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले यसको विरोध' गर्ने बताएका छन् ।
प्रतिक्रिया