×

बहराइनले नेपाललाई जितका लागि दियो ३२ रनको लक्ष्य

images

काठमाडौँ, १५ भदौ :   आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्य दिएको छ । 

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 
     
बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन भने खुसी डङ्गोलले दुई विकेट लिइन । त्यस्तै कविता कुँवर, पुजा महतो  र रुविना क्षेत्रीले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।  

शुक्रबार​ १५ भदौ २०८० ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया