×

नेपालले बहराइनलाई २.५ ओभरमै हरायो

images

काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । बहराइनले दिएको ३१ रनको लक्ष्य नेपालले २.५ ओभरमै पूरा गरेको हो।

नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन प्रहार गरे। नेपालले १३ रन एक्स्ट्राबाट बटुलेको थियो। पहिला ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रनमा अलआउट भएको थियो। नेपालकी इन्दु बर्माले ३ विकेट लिइन्। मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा शुक्रबार नेपालले बहराइनलाई १० विकेटले पराजित गर्‍यो ।

यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले हराएको थियो । अब नेपालले आइतबार भुटानको सामना गर्नेछ । त्यसपछि नेपालले मंगलबार कतार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । 

दुवै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ ।   

शुक्रबार​ १५ भदौ २०८० ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया