×

सरकारले विश्वासको मत प्राप्त गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा

images

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताउनुभएको छ ।

 प्रदेश प्रमुख पर्शुराम खापु¬ङबाट मुख्यमन्त्रीको नियुक्ति पत्र प्राप्त भएपछि आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदनमा विश्वासको मतका लागि कुनै समस्या नहुने बताउनुभयो । मुख्यमन्त्री थापाले विश्वासको मतका लागि कुनै शङ्का उपशङ्का नगर्न आग्रहसमेत गर्नुभयो ।
    
उहाँले सभामुखले राजीनामा दिएपछि प्रदेशसभा उपसभामुखले सञ्चालन गर्ने भएकाले बहुमत सदस्यको समर्थन आफूलाई रहेको प्रष्ट पार्नुभयो । उहाँले वर्तमान गठबन्धन सरकार चार वर्ष सञ्चालन हुनेमा ढुक्क रहन र जनताको समृद्धिमा सरकारले कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री थापाले प्रदेशमा राजनीतिक गणितका कारण अस्थिरता रहेको चर्चा गर्दै मुख्य चुनौती भनेको दलभित्र बहुमत नरहनु नै समस्या रहेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, “प्रदेशमा नौ जना मन्त्री नियुक्त गर्ने जानकारी दिँदै मन्त्रीमा नयाँ र पुराना अनुहार रहने छन् ।” 

मङ्गलबार १६ साउन २०८० ०८:५२ PM मा प्रकाशित

प्रतिक्रिया