लगातार तेस्रो दिन आज पनि शेयर बजार घट्यो, कारोबार रकममा पनि सुधार भएन

    images

     लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २१ अङ्कले घटेर दुई हजार एक सय ३० दशमलव ७१ विन्दुमा झरेको छ ।

    आज विकास बैंक, जलविद्युत् र फाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २७ वटा कम्पनीकाे ३० लाख २० हजार कित्ता शेयर एक अर्ब सात करोड ८४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज शिखर इन्सुरेन्सको शेयर १० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट बैंक तथा गुराँस लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि मैलुङखोला जलविद्युत् र बलेफी हाइड्रो शेयर झन्डै १० प्रतिशतले बढेको छ । 

      बुधबार १८ जेठ २०७९ ०४:४४ PM मा प्रकाशित

      प्रतिक्रिया