×

रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिन नसकिने : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिन नसकिने बताएका छन् ।

चितवनमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले रोजेको मन्त्रालय दिन सजिलो नरहेको स्पष्ट पारे ।
“स्वभावले पहिलेको मन्त्रालय खोज्नु अस्वाभाविक चाहिँ होइन । मलाई लाग्दैन उहाँ त्यसमै अडिग हुनुहुन्छ । मैले गठबन्धनमा पनि सल्लाह गर्नुपर्छ । रोजेकै मन्त्रालय दिने भन्ने कुरा त्यति सहज छैन”, प्रधानमन्त्रीले भने ।

लामिछानेले यही मन्त्रालय चाहिन्छ भनेर जिद्दी नगरेको पनि प्रधानमन्त्री प्रचण्डले उललेख गरे । रोजेको मन्त्रालय नपाएकै खण्डमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ भन्ने आफूलाई विश्वास नलागेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

सोमबार १८ बैशाख २०८० ०४:५२ PM मा प्रकाशित

प्रतिक्रिया