×

प्रदेश १ को नाम ‘कोशी’ 

images


काठमाडौं । प्रदेश सभाको नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएको छ । 

बुधबार बसेको प्रदेश सभा बैठकमा, प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्ताव आज ध्वनी मतले पारित भएको हो । 
एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न प्रस्तावलाई छलफलका लैजानेबारेको प्रस्तावलाई ८२ सांसदले सर्मथन गरेका थिए । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न पेश गरेको प्रस्ताव छलफलका लागि अस्वीकृत भएको छ ।  

प्रदेशसभाको बहुमतले कोशी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किरात लिम्बुवान सगरमाथाको प्रस्ताव संवत् अस्वीकृत भएको जानकारी गराएका थिए । 

 यसैबीच, प्रदेशसभामा एमालेले पेश गरेको कोशी प्रदेशमाथि छलफल सुरु भएको छ। दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ । नेकपा एस र जसपाले राखेको अर्को प्रस्तावमा भने छलफल नै नहुने भएको छ । 

बुधबार १७ फागुन २०७९ ०५:२६ PM मा प्रकाशित

प्रतिक्रिया