 
                        काठमाडौँ । कामको क्रममा भेटेका दुई युवाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा अस्ट्रेलियाका पूर्व राजनीतिज्ञ ग्यारेथ वार्डलाई पाँच वर्ष नौ महिनाको जेल सजाय सुनाइएको छ । ४४ वर्षीय वार्ड जुलाईदेखि जेलमा छन् । एक निर्णायक मण्डलले उनलाई २०१३ र २०१५ मा दुई छुट्टाछुट्टै घटनामा एक युवकलाई बलात्कार गरेको र अर्कोमाथि अभद्र व्यवहार गरेकोमा दोषी ठहर गरेको छ ।
वार्डले २०११ देखि न्यू साउथ वेल्सको तटीय शहर कियामाको प्रतिनिधित्व गर्दै आएका थिए । २०२१ मा आरोप लागेपछि उनले मन्त्री पदबाट राजीनामा दिए, तर सांसद रहे र २०२३ मा पुन: निर्वाचित भए । वार्डलाई सजाय सुनाउने न्यायाधीशले यस मुद्दामा कारावास बाहेक अरु कुनै सजाय उपयुक्त नभएको बताउदै पाँच बर्ष नौं महिनाको जेल सजाय सुनाएका छन् ।
प्रतिक्रिया