×

सुनचाँदीको मूल्य वृद्धि: सुन तोलामा १ हजार र चाँदी ५० रुपैयाँले बढ्यो

images

काठमाडौँ — नेपाली स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। हिजो बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी, सेतो धातु चाँदीको मूल्य प्रतितोला चार हजार ३६० रुपैयाँ पुगेको छ।  

यसअघि हिजो (बिहीबार) छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ र चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो। गत बुधबार भने छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको महासङ्घले जनाएको छ।  

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ७० अमेरिकी डलर र चाँदी प्रतिऔँस ५८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।  

शुक्रबार​ १५ साउन २०८३ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया