काठमाडौं। काठमाडौं जिल्लाका तत्कालीन सीडीओ छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ।
अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो। उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए। उनलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो ।
प्रहरीका अनुसार सरकारी वकिल कार्यालयसँगको परामर्शपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।
प्रतिक्रिया