×

आईपीएल : चेन्नईको लज्जास्पद हार

images

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्स पराजित गरेको छ। सोमबार भएको आफ्नो पहिलो खेलमा चेन्नईलाई ८ विकेटले हराउँदै राजस्थानले सुखद सुरुवात गरेको हो।

१२८ रनको सामान्य लक्ष्य राजस्थानले १२ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। राजस्थानका लागि ओपनर वैभब सुर्यवंशीले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले उनले १७ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।

अर्का ओपनर यशस्वी जैसवाल ३६ बलमा ३८ तथा धुव्र जुरल १८ रनमा आउट हुँदा कप्तान रियान पराग १४ रनमा अविजित रहे। चेन्नईका लागि अन्शुल कम्बोजले २ विकेट लिए। त्यसअघि घरेलु मैदान गुवाहाटीमा खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको खेलमा पहिले ब्याटिङ गरेको चेन्नई १९ दशमलब ४ ओभरमा १२७ रन बनाउँदै अलआउट भएको थियो।

चेन्नईका लागि जेमी ओभरटर्न सर्वाधिक ४३ रनमा आउट भए। उनले ३६ बलको सामना गर्दै २ चौका र २ छक्का प्रहार गरे। कात्तिक शर्मा १८, सरफराज खान १७ रनमा आउट भए। चेन्नईले खराब सुरुवात गरेको थियो। पावर प्लेभित्र उसले कप्तान रितुराज गायकवाड र सञ्जु स्यामसनलाई समान ६ तथा माथ्यु शर्ट र आयुष मात्रेयलाई पनि सस्तैमा गुमाएको थियो।

त्यसपछि पनि नियमित रुपमा विकेट गुमाउँदा चेन्नई ठूलो स्कोरसम्म पुग्न सकेन। राजस्थानका लागि जोफ्रा आर्चर, नान्द्र बर्गर र रविन्द्र जडेजाले समान २ तथा ब्रिजेश शर्मा, रवि बिष्नोई र सन्दिप शर्माले समान १ विकेट लिए।

मङ्गलबार १७ चैत २०८२ ०७:२४ PM मा प्रकाशित

प्रतिक्रिया