काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले उनलाई मुलुकी अपराध संहिताअनुसार ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका सिडिओ रिजाललाई गृहमन्त्रालय तानिएका थिए। भदौ २३ र २४ गतेको आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोप लागेपछि रिजाललाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।
प्रतिक्रिया