काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ। कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो।
लाहिरु मिलान्थाको आक्रामक पारिमा उनले ५३ बलमा नटआउट ७३ रन बनाए। यस अघि ब्याटिरङ गरेको विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १ सय २८ रनको मध्यम लक्ष्य दिएको थियो तर जनकपुरले १५ ओभरमै समेट्दै १३१ रन बनायो।
जनकपुर बोल्ट्सबाट ओपनर आसिफ सेख सोलको क्लिन बोल्ड बाट आउट भए भने ५ रन मात्र बनाएर ३ बलमा प्रतिस बाट आउट भएका हुन्। यस अघि टस जितेर जनकपुरका कप्तान अनिल शाहले पहिले बलिङ गर्ने निर्णय गरेका थिए।
उद्घाटन खेलमा विराटनगरले मार्टिन गप्टिलको अर्धशतकका बावजुत कमोजर ब्याटिङ गर्यो। टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो।
विराटनगरका लागि न्युजिल्यान्डका गप्टिलले ५५ रन जोड्ने क्रममा ७ चौका र १ छक्का प्रहार गरे। १४औं ओभरको अन्तिम बलमा उनी हर्ष थाकरको बलमा जनकपुरका कप्तान अनिलकुमार साहबाट क्याच भए।
विराटनगरको अर्का ओपनर लोकेश बम ५ रन बनाएर खेलिरहदा दोस्रो ओभरमा ललित राजवंशीबाट बोल्ड भएका थिए।
नवौं ओभरमा विराटनगरले दोस्रो विकेट गुमायो। ओमानी ब्याटर अकिब इल्यासलाई १५ रनमा मोहमद मोहसिनले एलबिडब्लूको धरापमा पारे।
तेस्रो विकेटको रूपमा निकोलास किर्टोन आउट भए। उनलाई १२औं ओभरको अन्तिम बलमा हर्ष थाकरले आउट गरे। आउट भएका किर्टोन र विकेट लिने थाकर दुवै क्यानडाका हुन्।
राजेश पुलामी मगर १६औं ओभरमा १ रनमा रनआउट भए। १७ औं पहिलो बलमा प्रतिश जिसीलाई ललित राजवंशीले २ रनमा बोल्ड गर्दा विराटनगर दबाबमा आयो। दुई बलपछि बसिर अहमदलाई ललितले ७ रनमा आउट गर्दा विराटनगरले ७ विकेटको क्षतिमा १०४ रन मात्र जोडेको थियो।
कप्तान सन्दीप लामिछाने १८औं ओभरमा आठौं विकेटको रुपमा ७ रनमा क्याच आउट भए। लगत्तै अर्को बलमा जितेन्द्र मुखिया बोल्ड भए। दुवैलाई किशोर महतोले सिकार बनाए।
क्रिस सोल अन्तिम विकेटको रुपमा १९औं ओभरको अन्तिम बलमा बेन माइकको बलमा मोहसिनबाट क्याच भए।
बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए। उनले ४ ओभरमा २८ रन खर्चिए। किशोर महतो र हर्ष थाकरले २-२ विकेट लिए भने बेन माइक र मोहमद मोहसिनले १-१ विकेट लिन सफल भए।
प्रतिक्रिया