×

सुन-चाँदीकै मूल्यमा सुधार: २ दिनको गिरावछपछि आज सुन तोलामा २८ सयले बढ्यो

images

काठमाडौँ — विगत दुई दिनमा लगातार घटेको सुनको मूल्य बुधबार (आज) भने उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।

यसअघि सोमबार तोलामा ५ हजार रुपैयाँ र मंगलबार तोलामा ३ हजार ८ सय रुपैयाँ गरी दुई दिनमा सुनको मूल्य कुल ८ हजार ८ सय रुपैयाँले घटेको थियो। मंगलबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार तोलामा ३० रुपैयाँले बढेर चाँदीको भाउ आज प्रतितोला ४ हजार ४ २५ रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन (मंगलबार) चाँदीको भाउ तोलामा २ सय ६० रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको थियो भने सोमबार पनि तोलामा १ सय ४५ रुपैयाँको गिरावट आएको थियो।

नेपाली बजारमा गएको माघ १५ गते सुनको भाउ एकै दिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। सोही दिन चाँदीको मूल्य पनि हालसम्मकै सबैभन्दा बढी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।

बुधबार १४ असोज २०८३ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया