×

सुनामी चेतावनीपछि फुकुशिमा आणविक प्लान्ट खाली गराइयो

images

काठमाडौँ । जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुशिमा दाइची र फुकुशिमा दाइनी आणविक प्लान्टका कामदारहरूलाई अग्लो जमिनमा सारिएको बताएको छ । २०११ मा जापानमा आएको विनाशकारी ९.० म्याग्निच्युडको भूकम्प र सुनामी पछि फुकुशिमा दाइची प्लान्ट ठूलो आणविक दुर्घटनाको स्थल थियो ।

कम्पनीलेले प्लान्टलाई खाली गराइएको र सुनामी चेतावनीहरू निगरानी गरिरहेको बताएको छ । यस हप्ताको सुरुमा, टोकियो इलेक्ट्रिक पावर कम्पनीले इन्धनको भग्नावशेष पूर्ण रूपमा हटाउन विकिरणको स्तर कम गर्न १२ देखि १५ वर्षसम्म लाग्ने बताएको थियो ।

बुधबार १५ साउन २०८२ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया