×

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन पोखरेल र रेग्मीको इजलासमा

images

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको मुद्दा न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । ओलीका तर्फबाट श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन् भने लेखकको तर्फबाट उनकी श्रीमती यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन् ।

२३ र २४ भदौको जेन(जी आन्दोलनका क्रममा बल प्रयोग गरे अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न उनीहरु दुबै जनालाई शनिबार पक्राउ गरिएको थियो । प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंमार्फत उनीहरुलाई पाँच दिन अनुसन्धानका लागि थुनामा राख्ने अनुमति पाएको छ ।

अदालतबाट पक्राउ अनुमतिसमेत नलिइएको र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी कार्यालयमै नपुगेको अवस्थामा प्रतिशोधपूर्ण रुपमा पक्राउ गरिएको दाबी गर्दै दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्चले पहिलो सुनुवाइ गर्नेछ ।

सोमबार १६ चैत २०८२ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया