×

अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच आज बिहान भेटवार्ता भएको छ । 

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाको द्वीपक्षीय सम्बन्धका विभिन्न विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, अमेरिकी राजदूत डिन थम्प्सनलगायत दुई देशका अन्य अधिकारीहरू पनि सहभागी थिए।

दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएकी नुल्याण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेपछि नेपाल भ्रमण गर्ने न्युल्यान्ड उच्च अमेरिकी कूटनीतिज्ञ हुन्।  

 

सोमबार १६ माघ २०७९ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया