काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारले नगरप्रमुख बस्नेतसहित उनीकी श्रीमति उर्मिला बस्नेत र पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. का सञ्चालक राजु प्रसाद कडेललाई प्रतिवादी बनाइ विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनकी श्रीमती उर्मिलाले भने मतियारको भूमिका निर्वाह गरेको अख्तियारको आरोप छ ।
नगरप्रुमख बस्नेतले पद्मा मर्चेन्ट र यसका संचालक कंडेलबाट गैरकानूनी रुपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्रीसमेत गरेको अख्यिारको आरोप पत्रमा उल्लेख छ । बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्तिसुद्धीकरणमा मुद्दा चलाइएको छ ।
अख्तियारले उहाँमाथि ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको आरोप लगाएको छ । त्यस्तै सम्पत्ति शुद्दिकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दायर गरिएको छ ।
प्रतिक्रिया