×

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

images

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ । 

पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकालाई सिफारिस गरिने छैन।

आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन सिफारिस सूची तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले गरेको हो। समानुपातिक उम्मेदवारको अन्तिम टुंगो संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले लगाइरहेका छन् ।

सोमबार १४ पुस २०८२ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया