काठमाडौं । दक्षिण कोरियाको भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । १८१ यात्रु बोकेको विमान धावनमार्गबाट चिप्लिएर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटना भएको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको बीबीसीमा उल्लेख छ ।
विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाइएको छ । जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ । मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो। पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो। केहीबेरमै विमानस्थल धुवाँको मुस्लोले ढाकेको योनहाप न्युजले जनाएको छ।
जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए। दुर्घटनामा जहाज पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने बताइएको छ।
प्रतिक्रिया