काठमाडौं । पोखराबाट बिहीबार बेलुका काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आजदेखि बयान लिइँदै छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धानका लागि काठमाडौं ल्याइएका लामिछानेसँग आजदेखि बयान लिने तयारी गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग आजैबाट बयान थाल्ने तयारी भइरहेको हो ।
प्रतिक्रिया