×

प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन, को को छन् न्यायाधीश ?

images

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ । संबैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसहित  न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् । 

संवैधानिक इजलासमा आजदेखि प्रतिनिधिसभा विघटनविरुद्ध १६ रिटमाथि प्रारम्भिक सुनुवाई शुरु गर्ने भएको छ । अधिवक्ताहरू शेरबहादुर रोकाया, विमल पोखरेल,आभाष पोखरेल, दल बहादुर धामी, खड्कबहादुर शाहलगायत १६ जनाले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ रिट दायर  गरेका थिए ।

सांसद समेत नरहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै मन्त्रिपरिषदको बैठकबाट निर्णय गर्दै कार्कीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्दै ६ महिनाभित्र फागुन २१ गते चुनावको मिति तोकेरनै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

 

बुधबार १३ कात्तिक २०८२ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया