×

यस्ता छन् आज बसेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय

images

काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय भएको छ ।

वुधबार बसेको मन्त्रिपरिषद् बैठकले  राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए । 

त्यस्तै बैठकले संघीय संसदका सांसदको स्वकीय सचिव हटाउने निर्णय गरेको छ । त्यसैगरी कतारको दोहामा हुने दोस्रो सामाजिक विकास विश्व सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेलको कार्तिक १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत गरेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।   

बुधबार १३ कात्तिक २०८२ ०६:५५ PM मा प्रकाशित

प्रतिक्रिया